तोलाको ५४ हजार ४ सयमा सुनको कारोबार

Gold bars


सोमबार बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। फाइन सुनको मूल्यमा यस दिन सो दर कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

स्टान्डर्ड सुनको मूल्य भने ५४ हजार १ सय रुपैयाँ कायम भएको छ। विगत १० दिनयता बढिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ।

अर्थात आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भएको हो। यसअघि असार ३० गते फाइन सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदी आज प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.