एक सयले महँगियो सुन, चाँदी स्थिर


बिहीबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुनको मूल्य आजका लागि प्रतितोला ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई ‘फाइन’ भन्ने गरिन्छ।

स्टान्डर्ड सुनको मूल्य योभन्दा ३ सय रुपैयाँले सस्तो पर्दछ। यो ९९. ५ प्रतिशत शुद्ध सुन हो।  त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। तोलामा ७ सय १५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.