एकै दिन पाँच सयले घट्यो सुन, चाँदी सस्तियो


साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरमा सुनको मूल्य तोलामा ५३ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार ५३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदी पनि सस्तिएको छ। शुक्रबारको तुलनामा २० रुपैयाँले चाँदीको मूल्य घटेको महासंघले जनाएको छ। आइतबार तोलामा ७१० रुपैयाँमा चाँदीको कारोबार भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.