८ सय रुपैयाँले घट्यो सुन

फाइल तस्बिर।


यो साता सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा ५४ हजार ३ सय रुपैयाँ रहेकोमा आज शुक्रबार ५३ हजार ५ सय कायम भएको छ।

अघिल्लो दिनको तुलनामा भने यो मूल्य १ सय रुपैयाँ मात्रै कम हो। यो फाइन गुणस्तरको मूल्य हो। त्यस्तै स्टान्डर्ड सुनको मूल्य भने तोलामा ५३ हजार २ सय रुपैयाँ रहेको छ।

चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ। गत शुक्रबार तोलामा ७ सय ४५ कायम रहेकोमा आज ७ सय ३० कायम भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.