सुनको मूल्य घट्यो

फाइल तस्बिर।


साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर आइतबार कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार ५४ हजार ३ सय रुपैयाँ रहेको सुन आइतबार ५४ हजार १ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने शुक्रबारकै कायम भएको छ। तोलामा ७ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.