२ सय रुपैयाँले सस्तियो सुन

२ सय रुपैयाँले सस्तियो सुन




सोमबार सुन तोलामा २ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको सुन यस दिन ५५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो फाइन गुणस्तरको मूल्य हो। स्टाण्डर्ड गुणस्तरको मूल्य फाइनभन्दा ३ सय रुपैयाँ कम पर्दछ।

९९. ९ प्रतिशत शुद्ध रहेको सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टाण्डर्ड सुनको रुपमा व्याख्या गर्ने गरिएको छ।
त्यस्तै सोमबार चाँदी तोलामा १० रुपैयाँले सस्तिएर ७९० रुपैयाँ कायम भएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.