ललितपुरको लबिम मलमा फेसन ब्राण्ड 'लुइस फिलिप' सञ्चालनमा आएको ४ वर्ष भइसकेको छ।
इन्डियन प्रिमियम ब्राण्ड लुइस फिलिपमा पुरूषहरूका लागि मात्र कपडा पाइन्छ।
भारतमा निकै रूचाइएको यो ब्राण्डले नेपालमा पनि बैंकर, डाक्टर, सेलिब्रेटी, व्यापारी लगायतका नयाँ पुस्ताका युवाहरूको मन जित्न सफल भएको स्टोर म्यानेजर सुशान्त महर्जनले बताए।
नेपालमा यो ब्राण्ड आरपी ग्रुपले भित्र्याएको हो।
‘फर्मल वेयर र क्याजुअल वेयरका लागि लुइस फिलिप निकै चलेको छ’, महर्जनले भने, ‘यो चल्नुको कारण भनेकै यस ब्राण्डका कपडाहरू निकै टिकाउ र गुणस्तरीय छ।’
यस ब्राण्डको सुट, ब्लेजर, सर्ट पाइन्ट, टिसर्ट, जिन्स, स्वेट सर्ट, ज्याकेट सबभन्दा बढी बिक्री हुने गरेको महर्जनले जानकारी दिए।
कम्पनीले लुइस फिलिप स्पोर्टस, लुइस फिलिप राइडर र लुइस फिलिप मेन लाइन गरी ३ विधामा वर्गीकरण गरेर कपडा बिक्री गर्दै आइरहेको छ।
लुइस फिलिप स्पोर्टस, लुइस फिलिप राइडरमा क्याजुअल कपडा मात्र पाइन्छ भने लुइस फिलिप मेन लाइनमा फर्मल सुट, ब्लेजर पाइन्छ।
महर्जनका अनुसार नेपालमा लुइस फिलिपको प्रिमियर र लक्जरी प्रोडक्ट पाइन्छ।
‘यी प्रोडक्ट रिङ्गकल फ्री, बढी टिकाउ र लगाउँदा पनि निकै सहज हुने गर्दछ’, महर्जनले भने।
नेपालमा अन्य ब्राण्डका तुलनामा लुइस फिलिप महँगो पनि छ।
यस ब्राण्डका सर्ट र पाइन्टको सुरूआती मूल्य ३५ सयदेखि ७ हजार ५ सयसम्मका छन्।
त्यस्तै, टिसर्ट १२ सयदेखि ४ हजारसम्मका, जिन्स ५ हजारदेखि ७ हजारसम्मका, ब्लेजर ११ हजारदेखि २० हजारसम्मका, सुट १५ हजारदेखि २५ हजारसम्मका छन्।
आफ्ना ग्राहकहरूका लागि लुइस फिलिपले मेम्बरसीप अभियान चलाउँदै आएको छ। जसमा २५ हजारभन्दा बढी सामान किनेमा १० प्रतिशत छुट दिने व्यवस्था छ।
‘एक पटक स्टोरबाट सामान किनेकाहरू फेरि हाम्रै सामान किन्न आउने गरेका छन्’, स्टोर म्यानेजर महर्जनले भने, ‘त्यो नै हाम्रो विशेषता हो।’