सुन सयले बढ्यो


शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बढेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै अघिल्लो दिन ७ सय ३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर ७ सय ४० रुपैयाँमा कारोबार भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.