सुन सयले बढ्यो


सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आइतबार ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सोमबार सुन १ सय रुपैयाँले बढेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँमा कायम भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.