सुनको मूल्य ५८ हजार नाघ्यो


शुक्रबार सुनको मूल्य ५८ हजार ३ सय पुगेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिबार ५७ हजार ९ सयमा कारोबार भएको सुन प्रतितोला ४ सय रुपैयाँले बढेर शुक्रबार ५८ हजार ३ सय कायम भएको हो।

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि रकम कायम भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.