फेसबुकमा थपियो फिचर, अरू के आउँदैछन् नयाँ?


फेसबुक आफ्ना प्रयोगकर्ताको सुविधाका लागि नयाँ–नयाँ फिचर तथा एपहरु ल्याउने प्रयास गरिरहेको छ। सूचना–प्रविधिबारे जानकारी दिने अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार फेसबुकले हाल प्रयोगकर्ताका लागि एकदमै उपयोगी हुनेखालका फिचर ल्याउन काम गरिरहेको छ भने कुनै ल्याइसकेको पनि छ।

फेसबुक लाइभमा साथीहरुलाई ‘इन्भाइट’ गर्न सकिने-
फेसबुकले लाइभ फिचरको लोकप्रियता हेर्दै यसमा नयाँ फिचर जोडेको हो। यो फिचरको माध्यमबाट आफूले फेसबुक लाइभ गरिरहेको बेला आफ्ना साथीहरुलाई इन्भाइट गर्न सकिनेछ। पहिले यो फिचर सेलेब्रेटीका फेसबुकमा मात्र उपलब्ध थियो तर हाल सबैका लागि खुला छ।

फेसबुक ट्रेन्डिङलाई राम्रो बनाउने-
फेसबुकका अधिकारीका अनुसार हाल मोबाइल एपमा ‘ट्रेन्डिङ टपिक’ खोज्न गाह्रो छ। त्यसैले, चाँडै न्यूज फिडमा तीन वटा ‘ट्रेन्डिङ स्टोरिज’ देखाउने को परिक्षण गरिने उनीहरुले बताएका छन्।

फेसबुकबाट बैंक खाताको पासवर्ड ‘रिकभर’ गर्ने-
हाल काम भइरहेको यो फिचर आएपछि कुनै पनि अनलाइन बैंकिङ पासवर्ड फेसबुक मार्फत् नै रिकभर गर्न सकिनेछ। तर, यस्तो एप विकास गर्न निकै ठूलो चुनौती हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.