एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा


मोवाइल सेवा(फोरजी) कभरेजलाई थप विस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान(सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । यहि आइतबार पौष २३ देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।

सेवाविस्तारसँगै एनसेलको फोरजीसिमतथाफोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथापोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि द्रुत गतिको मोवाइल ब्रोड ब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्नेछन् । यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामा पुगेको छ ।

“अझधेरै मानिसलाई नयाँ प्रविधिमा आधारित  मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै, थप २ शहरहरु लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौं,” एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउदै, आफ्नो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।”

जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्कतिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकतावा सवारी चालकअनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् ।

यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबीफोरजी डेटा पनिप्राप्तगर्नेछन् । प्राप्तडेटा ३ दिनको लागिमान्य हुनेछ ।

यसका साथै फोरजी सेवा प्रयोग गर्ने ग्राहकले ‘बाइवान गेट वानफ्रि’योजनाअन्तर्गत कुनै पनि डेटा प्याकको खरिदमा त्यही भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्तगर्न सक्नेछन् । यसरी प्राप्त फोरजी डेटा बोनस ग्राहकले फोरजी नेटवर्कमा प्रयोग गर्न सक्छन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.