ओप्पोद्वारा ‘क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत


ओप्पोले क्रिसमसका अवसरमा ल्याएको ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

कमलपोखरीस्थित आफ्नै सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई परस्कृत गरिएको कम्पनीले जनाएको छ। ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरे।

सो अवसरमा झाओले आगामी दिनमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका संचालन गर्ने प्रतिबद्धता जनाए। कम्पनीले ईच्छुकलाई आफ्नो क्रिसमस सम्बन्धी सेल्फी ह्यासट्याग ओप्पो एफ फाइभ तथा ह्यासट्याग ‘क्यापचर दी रियल यू’ सहित पोष्ट गर्न आग्रह गरेको थियो।

पुस ९ देखि ११ सम्म तीन दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेन्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ ईच्छुकहरुले उत्साहजनक सहभागिता जनाएका थिए। रोजनिम श्रेष्ठ, चन्दा पौडेल र रविन्द्र श्रेष्ठ विजेता बने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.