ओप्पो क्यानस्टार ब्लू अवार्डद्वारा सम्मानित


स्मार्टफोन कम्पनी ओप्पोले बहुप्रतिष्ठित क्यानस्टार ब्लू अवार्ड पाएको छ।

‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ श्रेणीका लागि सम्मानित गरिएको बताइएको छ। क्यानस्टार ब्राण्ड सम्बन्धी सोध तथा रेटिङ प्रदान गर्ने अष्ट्रेलियाकै सर्वाधिक ठूलो मध्यको एक रिसर्च कम्पनी हो।

क्यानस्टारले अष्ट्रेलिया लगायत अन्य देशमा कम्पनीले हात पारेको उल्लेखनीय सफलताका लागि सम्मान प्रदान गरिएको बताएको छ। सन् २०११ मा आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेदेखि आजसम्म उपभोक्ता संख्याको आधारमा ओप्पो विश्व बजारकै चौथो ठूलो स्मार्टफोन उत्पादक बनेको छ।

उपभोक्ताको दृष्टिकोण, प्रत्यक्ष राय तथा सुझावका आधारमा दिइने यो प्रतिष्ठित अवार्ड अन्तर्गत प्रयोगकर्ता मैत्री, खर्चको उचित मूल्य, ब्याट्रीको आयू, क्यामेराको गुणस्तर, गति तथा लुक्स लगायत विभिन्न विधाहरु हेरिने गरेको क्यानस्टारले जनाएको छ।
ओप्पोले अवार्डसँगै उपभोक्तालाई उत्कृष्ट फिचर्स तथा क्यामेरा प्रविधि उपलब्ध गराउन अझ प्रोत्साहन पाएको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.