कोरियन भाषा परीक्षाको नतिजा आज आउने, यसरी हेर्नुहोस् नतिजा


गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा भोलि (बुधबार ) सार्वजनिक हुने भएको छ।

यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये  ९ हजार ७ सय ९६ जना महिला र  ६५ हजार ७ सय ८४ पुरुष  थिए।

यी मध्ये  ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए। परिक्षामा सम्मिलीत मध्ये  १० हजार २ सय जनाले कोरियामा गई काम गर्ने अवसर पाउने छन्।

जसमा ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रमा जाने इपिएस कोरीया शाखाका शाखा अधिकृत सोभाकर भण्डारीले सेतोपाटीलाई जानकारी दिए।

विगतका वर्षहरूमा भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्थ्यो। स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गर्थ्यो। तर यसपाली  स्किल टेष्टको नियम हटेको शाखा अधिकृत भण्डारीले जानकारी दिए।

गत वर्ष जम्मा ३ हजार ४ सय ६४ जना छनोट भएकोमा यस वर्ष कोरियाले कामदार संख्या बढाएर १० हजार २ सय जना लैजान लागेको छ। पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ।

परीक्षाको समयमा कोरियाबाट  ५५ जना परीक्षा सञ्चालक टोलीसमेत नेपाल आएको थियो।

कसरी हेर्ने नतिजा ?

नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको वेब साइट http://www.dofe.gov.np/new/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको बैदेशिक रोजगार विभागको बेव साइट http://www.dofe.gov.np/new/, अथवा इपिएस कोरियाको वेब साइट  https://www.eps.go.kr/  मा मा हेर्न सक्नुहुनेछ।

सन् २००८ देखि अहिलेसम्म परीक्षामा सहभागी र उत्तिण संख्या

साल         परीक्षार्थी    उर्तिण संख्या

२००८      ३१५२५    ६७८६

२०१०      ३६२०३    ४०९६

२०११      ५००४३    १५६७८

२०१३      ४४१२२    ७७७८

२०१४      ५८७४६    ३४७८

२०१५      ५११३७    ८३७०

२०१६      ६०६२६    ३४६४

२०१७      ६८४६९    १०२०० (नतिजा आउन बाँकी)

स्रोतः ईपीएस शाखा

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.