वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङको अग्रता


वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना भइरहेको छ। गएराती मतदान भएपछि गणना पनि सुरु भएको थियो ।

७ सय मत गनिसक्दा अध्यक्षमा रोहन गुरुङ अघि छन्। उनले ७ सय मत खनिसक्दा अध्यक्षका प्रत्यासी विमल ढकाललाई ८० मतले उछिन्दै ३ सय ८३ मत ल्याएका छन्। अव डेढ सय मत गन्न बाँकी छ ।

प्रथम उपाध्यक्षमा रोहन गुरुङ प्यानलकै राम प्रसाद भान्तनाले ३ सय ९८ मत ल्याएका छन् भने प्रज्ञान न्यौपानेले २ सय ८१ मत ल्याएका छन् । द्धितिय उपाध्यक्षमा विमल ढकाल प्यानलका भुवन गुरुङ अघि छन् । उनले ३ सय ६३ मत पाउँदा उनका प्रतिद्धन्द्धि सुवर्ण श्रेष्ठले ३ सय १८ मत पाएकी छन् ।

तृतिय उपाध्यक्षमा गूरुङ प्यानलकै शुक्र पाख्रिनले ३ सय ५८ मत पाएका छन् भने उनको प्रतिद्धन्द्धि नवल किशोरले ३ सय १८ मत पाएका छन् ।
महासचिवमा गुरुङ प्यानलका नरेश गेलालले ३ सय ५८ मत ल्याउदाँ ढकाल प्यानलका सुजित श्रेष्ठले ३ सय २९ मत पाएका छन् ।

सचिवमा इश्वर जिसीले ३ सय ४९, उनका प्रतिद्धन्द्धि विनोद केसीले ३३४ र कोषाध्यक्षमा ढकाल प्यानलका राधिका कटुवालले ५५९ मत ल्याएकी छिन् भने उनको प्रतिद्धन्द्धि रमिला ताम्रकारले ३३३ मत पाएकी छिन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.