राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशकले युवराज कट्टेलले सरकारी कार्ड प्रणाली व्यवस्थित नहुँदा सर्वसाधारणले दु:ख पाएको बताएका छन्।
सेतोपाटीले आयोजना गरेको फिन टेक कन्केलेभको दोस्रो सत्र, 'डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर्स' विषयमा कुरा राख्दै उनले यस्तो बताएका हुन्।
'सातवटा सरकारी निकायले नागरिकलाई कार्ड जारी गरिरहेका छन्, तर प्रणाली व्यवस्थित नहुँदा सर्वसाधारणलाई समस्याको सामना गर्नुपरेको छ,' उनले भने।
कट्टेलले अहिले राष्ट्रिय परिचय पत्र लिनेको संख्या बढ्दै गएको बताए।
उनका अनुसार, विभागसँग लगभग १ करोड ७० लाख नागरिकको डेटाबेस बनिसकेको छ जसमा ५२ प्रकारका जानकारी राखिएका छन्।
उनले थपे, 'हामीले १३ क्षेत्रमा हाम्रो प्रणाली अन्तरआबद्ध गरिसकेका छौं, तर अझै विभिन्न सरकारी निकायले कार्ड जारी गरिरहेका छन् र प्रणाली व्यवस्थित नहुँदा सर्वसाधारणलाई समस्या भइरहेको छ।'
'हाम्रो प्रणालीमा जोडिने संस्थाले सुरक्षा मापदण्ड पूरा गर्न अनिवार्य छ,उनले भने, 'यदी संस्थाले ती मापदण्ड पूरा नगरे त्यस्ता संस्थाले हाम्रो प्रणालीमा जोडिन पाउने छैनन्।'