सीई आइएसओ ९००१, २०१५ प्रमाणित


निर्माण कम्पनी सीई कन्सट्रक्सन प्रालिले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१, २०१५ पाएको छ। यस अघि सन् २०१४ मा कम्पनीले आइएसओ ९००१, २००८ प्राप्त गरेको थियो।

 

कम्पनीले आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै आइएसओ ९००१, २०१५ स्तरको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउन सफल भएको जनाएको छ।

 

यस प्रमाणपत्रको अवधि सन् २०२० सम्म हुने कम्पनीले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणित भएकाले कम्पनी माथि उपभोक्ताको विश्वास अझ एक तह माथि पुगेको सीईको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.