दरबारमार्गमा खुल्यो २ करोड ३० लाखमा एम्पायर रेष्टुरेन्ट


काठमाडौंको दरबारमार्गमा २ करोड ३० लाखका लगानीमा एम्पायर रेष्टुरेन्ट खुलेको छ।

कफी पसल रहेकै विल्डिङमा नयाँ डिजाइनका साथ एम्पायर रेष्टुरेन्ट खुलेको हो। रेष्टुरेन्टको जुनसुकै स्थानबाट पनि सेल्फी खिच्दा सबै क्षेत्र ओगट्ने गरी डिजाइन तयार पारिएको छ ।

सेल्फीका पारखीहरुलाई मध्यनजर गरेर नयाँ डिजाइन बनाइएको रेष्टुरेन्ट संचालकले जानकारी दिए।

रेष्टुरेन्टको क्षमतामा १ सय जना सम्मको छ।  सबै खानेकुरा रेष्टुरेन्टमा पाइने भएता पनि संचालकहरुले पास्ता र पिज्जालाई मुख्य जोड दिएका छन् ।

थरी थरीका पास्ता र पिज्जा एम्पायरमा पाइने रेष्टुरेन्टले जनाएको छ। रेष्टुरेन्टको किचन पनि आधुनिक छ। सो रेष्टुरेन्टमा अहिले २० जनाले रोजगारी पाइरहेका छन् ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.