लघु तथा साना उद्योगसम्बन्धी कार्यशाला गोष्ठी सुरु


नेपालमा लघु, साना तथा मझौला उद्यमीहरुको विकाससम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी बुधबारबाट सुरु भएको छ।

एसियन मुलुकहरु लघु, साना तथा मझौंला उद्योग विकासका लागि अंगिकार गरेका नीति, व्यवस्था र कार्यक्रमका विषयमा जानकारी दिने उद्देश्यका साथ अन्तराष्ट्रिय गोष्ठी आयोजना गरिएको हो। ललितपुरमा आयोजित गोष्ठीको उदघाटन समारोहलाई सम्बोधन गर्दै उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले उद्योग क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउन लागि परेको दावी गरे।

उनले उद्योगका लागि आवश्यक लगानी, जनशक्ति व्यवस्थापन, प्रविधि हस्तान्तरण र बजारीकरणको काममा सरकारले सहजकर्ताको रुपमा भूमिका निर्वाह गरिरहेको बताए।

गोष्ठीमा नेपाल, जापान, इन्डोनेशिया, मलेसियालगायतका एशियन मुलुकहरुको लघु, साना तथा मझौला उद्यमी तथा त्यस क्षेत्रको नीति निर्माणमा संलग्न सरोकारवाला, सरकारी तथा गैरसरकारी तथा स्थानीय निकायका प्रतिनिधिहरु सहभागी रहेका छन।

गोष्ठीमा लघु, साना तथा मझौला उद्यम विकासका विविक्ष पक्षलाई उजागर गर्ने गरी नौं वटा कार्यपत्र प्रस्तुत हुने नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ। ३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय गोष्ठीमा परिवर्तित सन्दर्भमा नेपालको केन्द्र, प्रदेश र स्थानीय सरकारले लघु, साना तथा मझौला उद्योग विकासका लागि अंगीकार गर्नुपर्ने नीतिगत व्यवस्था, वित्तीय पहँुच र प्रविधिका बारेमा पनि विचार÷विमर्श हुने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.