म्यानपावर व्यवसायीको अध्यक्षमा ढकाल र गुरुङ, गुरुङ प्यानलको टु‌ंगो लाग्यो

म्यानपावर व्यवसायीको अध्यक्षमा ढकाल र गुरुङ, गुरुङ प्यानलको टु‌ंगो लाग्यो


वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान अध्यक्ष विमल ढकाल र महासचिव रोहन गुरुङवीच प्रतिष्प्रर्धा हुने पक्का भएको छ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले ढकाललाई र प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंचले गुरुङलाई अध्यक्षमा उठाउने औपचारिक निर्णय गरिसकेका छन्। फोरम कांग्रेस र मंच एमालेसम्बद्ध संस्था हुन्।

अध्यक्षमा उम्द्वारी दिन लागेका गुरुङसमूहको प्यानल नै घोषणा भइसकेको छ। गुरुङ प्यानलबाट उपाध्यक्षमा रामप्रसाद भान्वना,द्धितिय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतिय उपाध्यमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल उठ्दैछन्।

सचिवमा इश्वर जिसी,कोषाध्यक्षमा रमिला ताम्राकार रोकाया मगर, सदस्यमा तेजमाया लिम्बु, सन्जु गुरुङ, सुरेश गौतम, प्रेम विक, कुन्सादोर्जे तेन्जोङ, सविना श्रेष्ठ, तिलक तामाङ, प्रितम मगर लगायतकाले उमेद्वारी दिने पक्का भएको छ।

यता ढकाल प्यानलबाट भने नाम आउन बाँकी छ। ढकाल प्यानलबाट प्रथम उपाध्यक्षमा प्रज्ञान न्यौपाने, महासचिवमा सुजित श्रेष्ठ र सदस्यहरुमा भोजराज भुजेलको नाम मात्र टुंगो लागेको छ।

अध्यक्षमा उमेद्वारी दिन दुवैले ब्यावसायिक हकहित, वैदेशिक रोजगारीका क्षेत्रका देखिएको समस्या समाधान गर्ने बताएका छन्।

संघको चुनाव असार ३० गते काठमाडौंमा हुदैँछ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.