‘अनलाइन फुड फेस्टिभल’ शुक्रबारदेखि


नेपालकै पहिलो खाना डेलिभरी कम्पनी, फुडमाण्डुले ‘अनलाइन फुड फेस्टिबल’ भोलीदेखि आयोजना हुने भएको छ। फुडमान्डुको  वेबसाइटमार्फत संचालन हुने यो उत्सवमा विभिन्न परिकारहरु छुटमा उपलब्ध हुने अयोजकले जानकारी दिएको छ।

सन् २०१८ को जनवरी ५ सम्म संचालन हुने उत्सवमा ३३ रेष्टुेन्टह सहभागी हुनेछन्। उत्सवको अवधिभित्र हरेक अर्डरमा एक बोटल कोकाकोला र हरेक दिन ५० जना अग्रिम बुक गर्ने ग्राहकहरुले समर्सबी निशुलक पाउनेछन्।

त्यस्तै एक हजार रुपैयाँ बढीको खाना अर्डर गर्नेले २ वटा कफी कुपन पनि प्राप्त गर्नेछन् भने डेलीभरी शुल्क कसैलाई लाग्नेछैन।

काठमाडौ र ललितपुबासी खानाका पारखीहरुलाई एकै ठाउँबाट विशेष परिकारहरु उनीहरुकै स्थानमा तुरुन्तै उपलब्ध गराउने उद्देश्यले उत्सव आयोजना गरिएको फुडमाण्डुका सिइओ मनोहर अधिकारीले जानकारी दिए।
उत्सव मनाउनको लागि www.foodmandu.com/foodfest मा जानुपर्छं।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.