नेपालगंजमा खुल्यो होटल सेन्ट्रल प्लाजा


बाँकेको नेपालगंजमा होटल सेन्ट्रल प्लाजा संचालनमा आएको छ। पर्यटकीय सेवासुविधासहितको होटल सोमबारदेखि संचालनमा आएको हो।
रारा, शे–फोक्सन्डो, खप्तड जाने पर्यटकहरुको लागि ट्रान्जित विन्दुको रुपमा रहेको नेपालगंजमा पर्यटकरुलाई सेवासुविधा दिने उद्देश्यले होटल संचालन गरिएको होटलका प्रबन्ध निर्देशक देवानन्द अर्यालले जानकारी दिए।

पचास करोड रुपैयाँको लगानीमा चारतारे सुविधाको होटल संचालनमा आएको हो।

१९सुपर डिलक्स, ५० वटा डिलक्स, १ पे्रसिडेन्सियल, १ एक्जिक्यूटिभ र ४ जनरल स्वीट रुम भएको होटलमा एकदिनमा प्रिसिडेन्सियल स्वीट रुमको १८ हजार, एक्जिक्युटिभ स्वीट रुमको १३ हजार, जनरल स्वीट रुमको ९ हजार रुपैयाँ तथा सिंगल डिलक्स रुमको ५५ सय र ट्वीन डिलक्स रुमको ६५ सय रुपैयाँ भाडा शूल्क लाग्ने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.