जनता बैंकद्वारा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु


जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रका बीच जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलेपमेन्ट बैंक प्राप्ती गरेको घोषणापछि एकीकृत कारोबार सुरु गरिएको हो ।

सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तीसँगै अव जनता बैंक नेपाल लिमिटेडको निक्षेप करिव ५० अरव पुगेको छ ।

त्यसैगरी कर्जा ४५ अरव र चुक्तापूँजी करिव ७ अरव पुगेको छ । त्यस अवसरमा बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले नेपाल राष्ट्र बै‌कको निर्देशन अनुसार बैंक जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरे।

 

बैंकले देशभर १ सय १३ वटा शाखा संचालनमा आएको पनि जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.