लुम्बिनी बिकास बैंकको शाखा चन्द्रावतीमा


लुम्बिनी बिकास बैंकले तनहुँ जिल्लाको भानु नगरपालिकामा आफ्नो शाखा संचालन गरेको छ। भानु नगरको चन्द्रावतीमा बैंकको १३ औं शाखा संचालनमा ल्याएको हो।

ग्रामिण क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यले सेवा पुर्याउने नीति अनुरुप चन्द्रावतीमा शाखा संचालन गरिएको बैंकले जनाएको छ। शाखाको नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले उदघाटन गरे।

विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ लगायतका सेवाहरु उपलब्ध गराउनेछ

बैंकको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा कुल ५० वटा शाखा सञ्जालहरु पुगेको बैंकले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.