३६२ रुपैयाँभन्दा धेरै दिनेले सकारे सिटिजन्सको लिलामी सेयर


लिलामीमा बिक्री खुला गरिएको सिटिजन्स इन्टरनेसनल बैंकको सेयरमा प्रतिकित्ता ३६२ रुपैयाँभन्दा धेरै दिनेले सकारेका छन्। बिक्री प्रवन्धक सानिमा क्यापिटलले बोलपत्र खोलेर गरेको बाँडफाँडअनुसार कम्पनीको सेयरका लागि प्रतिकित्ता ४१० रुपैयाँसम्मको आवेदन परेको थियो।

जवकि बिहीबारको बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँ छ। ४ लाख २० हजार ४९० कित्ता सर्वसाधारण सेयर लिलामी बिक्रीमा राखिएको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन र जगदम्बा स्टिलले मात्रै १ लाख ५४ हजार कित्ता सेयर उठाएका छन्।  त्यस्तै १ लाख ९९ हजार ३१३ कित्ता संस्थापकतर्फको सेयरमा १७८ रुपैयाँभन्दा धेरै दिनेले सकारेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.