सेञ्चुरीले सगरमाथा फाइनान्सलाई एक्वीजिसन गर्ने, स्वाप रेसियो तय


सेञ्चुरी कमर्सियल बैंकको विशेष साधारण सभाले सगरमाथा फाइनान्सलाई एक्वीजिसन गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ। आइतबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्वाप रेसियो तय गरेको छ।

जसअनुसार सगरमाथा फाइनान्सको १ सय कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंकको ९५ कित्ता सेयर तय भएको छ।

प्राप्तीपछि सेञ्चुरी बैंकको ४ अर्ब ७१ करोड पुँजीमा सगरमाथा फाइनान्सको करिब ७४ करोड थपिनेछ। बैंकले ४० प्रतिशत अर्थात १ अर्ब ८८ करोड बराबरको हकप्रद शेयरको लागी आब्हान पत्र दर्ता गरिसकेको छ भने अल्पाइन र सेती फाइनान्सलाई प्राप्तीको लागि अन्तिम सम्झौता भएको छ। यी यसरी ८ अर्बको पुँजीमा सेञ्चुरी बैंकले नपुग रकम चालु आ.व. को मुनाफाबाट पूरा गर्ने जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.