एनआईसी एशिया बैंकको नयाँ शाखा दाङ्गको घोराहीमा

एनआईसी एशिया बैंकको नयाँ शाखा दाङ्गको घोराहीमा




 

एनआईसी एशिया बैंकले नयाँ शाखा दाङको घोराहीमा स्थापना गरेको छ। ९२ औं शाखाको रुपमा आज उद्घाटन भएको उक्त शाखाबाट ग्राहकहरुले पूर्ण बैंकिङ सुविधा पाउने बैंकका सुचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिए।
शाखा संजाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको उनको दाबी छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.