सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि सामूहिक लगानी कोष सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्कासनमा ल्याएको छ।
क्यापिटलले प्रतिइकाई १० रूपैयाँ अंकित दरका ५ करोड इकाईमध्ये बीज पुँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित राखि बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणको निष्कासनमा ल्याएको हो।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो। यस योजनाको कुल आकार ५० करोड रूपैयाँ रहेको छ।
योजनाको इकाईमा असार २७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।
योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।