नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर छ। अघिल्लो दिन डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा तोकिएकोमा आज पनि सोही मूल्य कायम गरिएको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५७ पैसा पाइन्छ। अघिल्लो दिन युरो एकको खरिददर १४१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रूपैयाँ ४५ पैसा कायम गरिएको थियो।
राष्ट्र बैंकले बिहीबारको लागि अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ७० पैसा र बिक्रीदर ८६ रूपैयाँ ०९ पैसा तोकेको छ।
आज क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ६० पैसा र बिक्रीमा ९७ रूपैयाँ ०३ पैसा पाइन्छ।
चिनियाँ युआन एकको खरिदमा भने आज १८ रूपैयाँ ४३ पैसा र बिक्रीमा १८ रूपैयाँ ५१ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर बिहीबारको लागि ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा आज ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा भने ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। अघिल्लो दिन पनि सोही विनिमयदर कायम गरिएको थियो।
मलेसियन रिंगिट एकको खरिदमा आज २७ रूपैयाँ ८३ पैसा र बिक्रीमा २७ रूपैयाँ ९५ पैसा पाइन्छ।
बिहीबार राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६४ पैसा तोकेको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिदमा भने ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५५ रूपैयाँ ३४ पैसा पाइन्छ।