बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम 'द नेशनल इन्स्योरेन्स डिस्कोर्स' को 'डुओलग' सत्रमा अर्थमन्त्री प्रकाशशरण महत आउने भएका छन्।
बैंकिङ समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा आगामी भदौ १८ गते काठमाडौंस्थित सोल्टी होटलमा हुने उक्त कार्यक्रममा बैंकिङ समाचारका प्रकाशक राजु ढुंगेल र अर्थमन्त्रीबीच विशेष प्रश्नोत्तर हुने भएको हो।
कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुक्ता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरूमा बृहत परिसंवाद गरिने भएको बताइएको छ।
उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरूमा गहन बिमर्स हुने भएको छ।
विशेषगरी 'द नेशनल इन्स्योरेन्स डिस्कोर्स'मा मुख्य ४ सत्रहरूमा छलफल हुनेछ।
यसमा अर्थमन्त्रीसँग डुओलग विशेष सत्र पनि हुने बताइएको छ। डुओलग बिशेष सत्रमा बैंकिङ समाचारका प्रकाशक राजु ढुंगेलले गर्नेछन्।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललगायत अन्य विशिष्ट व्यक्तीहरू र सञ्चारकर्मीहरू उपस्थित हुने बताइएको छ।