बिराटचोकमा सिभिल बैंकको शाखा संचालनमा


सिभिल बैंकले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्याएको छ। मर्जपछि एकै ठाउँ भएका शाखालाई स्थानान्तरण गर्ने क्रममा बैंकले ईटहरीमा भएको दुई शाखामध्ये एउटालाई बिराटचोकमा सारिएको बैंकले जनाएको छ।

उक्त शाखाको सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले उद्घाटन गरे। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सामाजिक उत्तरदायित्वको वहन सँगै सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने प्रतिबद्धता जनाए।

बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा११ करोड ३३ लाख खुद नाफा कमाएको छ। ४० प्रतिशत हकप्रद निश्कासन गरिसकेको बैंकले गत आवको नाफा तथा पुँजीकोषको रकमबाट चुक्ता पुँजी ८ अर्ब पुर्याउने जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.