एक्सचेन्जमा नागरिक लगानी कोषको समूह फेरियो


नेपाल स्टक एक्स्चेन्जले नागरिक लगानी कोषको समूह फेरेको छ।

यसअघिसम्म सो समूह ‘फाइनान्स’मा रही कारोबार हुँदै आएकोमा अब यो ‘अन्य’मा परेको छ। कोष र फाइनान्स समूहमा रहेका सूचीकृत कम्पनीको व्यवसायिक प्रकृतिमा रहेको भिन्नतालाई दृष्टिगत गर्दै यो निर्णय लिइएको कम्पनीले जनाएको छ।

योसँगै ‘अन्य’ मा अब ४ कम्पनी परेका छन्। नेपाल टेलिकम, जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी अन्य समूहअन्तर्गत रहँदै आएका छन्। फाइनान्स समूहमा भने अब २८ कम्पनी रहने भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.