आठ अंकले बढ्यो नेप्से


नेप्से परिसूचक साताको पहिलो दिन करिब ८ अंकले बढेको छ। ७ दशमलव ९७ अंकले बढेर १४३१ अंकमा नेप्से अडेको छ।

१५७ कम्पनीको ३६ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। बजारको पुँजीकरण १६ खर्ब ७२ अर्ब कायम भएको छ।

फाइनान्स र अन्यबाहेकका सबै उपसूचक बढेका छन्। फाइनान्स १ तथा अन्य उपसूचक सोभन्दा कम अंकले घट्यो। यस दिन बिमा उपसूचक सबैभन्दा धेरै १६५ अंकले बढ्यो। बैंकिङ १, होटल १४, विकास बैंक ९, जलविद्युत ४ र माइक्रोफाइनान्स सूचक २० अंकले बढे।

नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड २७ लाखको कारोबार भयो। मूल्य बढेर प्रतिकित्ता १८२२ कायम भयो। नाफा कमाउनेमा सो कम्पनीका लगानीकर्ता दोस्रो स्थानमा रह्यो। उसको ५. ३ प्रतिशतले मूल्य बढेको छ।

एभरेष्ट बैंक, स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि रहे। मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाए। हिमालय डिस्टिलरीको मूल्य ४ प्रतिशतले बढ्यो।

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्टको मूल्य ५.६ प्रतिशतले घटेको छ। यस दिन प्रभु बैंक तथा अपि पावरको मूल्य समायोजन भएको छ। प्रभुको २५५ तथा अपि पावरको ४३५ रुपैयाँमा मूल्य समायोजन भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.