ज्योति लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेस्डर’मा राजेश


ज्योति लाइफ इन्स्योरेन्सले व्यवसाय प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डरका रुपमा राजेश हमाललाई नियुक्त गरेको छ। कम्पनी र हमालबीच आगामी २ वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

हमाललाई कम्पनीमा आबद्ध गराउँदा गौरभान्वित महसूस भएको कम्पनीले जनाएको छ। बीमाको सचेतना अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धनमा हमालको सहभागिताले टेवा पुग्ने ज्योतिको विश्वास छ।

गत असोज ८ गतेबाट औपचारिक व्यवसाय सुरुआत गरेको कम्पनीका २७ वटा शाखा कार्यालय संचालनमा छन्। ६ आकर्षक जीवन बीमा योजना कम्पनीले जारी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.