नेपाल एसबिआई बैंकको लाभांश स्वीकृत


नेपाल एसबिआई बैंकको लाभांश साधारणसभाबाट स्वीकृत भएको छ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बसेको २४ औँ वार्षिक साधारणसभाले गत आवको नाफाबाट १५. ४२ प्रतिशत बोनस तथा कर प्रयोजनार्थ नगद लाभांश स्वीकृत गरेको छ।

सभाले बैंकको संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ।
सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा बालकृष्ण श्रेष्ठलाई सभाले निर्विरोध चयन गरेको छ।

साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’को गत आवको वित्तीय विवरण पनि स्वीकृत गरेको छ। यो भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो। बैंकका हाल ३ क्षेत्रीय कार्यालयसहित ८० शाखा तथा १०२ एटिएम संचालनमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.