ग्लोबल आइएमईको शाखारहित बैकिङ्ग सेवा सिन्धुपाल्चोकको मानेश्वरामा


ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका मानेश्वरामा ५८ औँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। उक्त सेवाको लागि स्थानीय निर्मल राउतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखाचोक लगायत त्यस वरपरका बासिन्दालाई अब बैंकिङ्ग सेवा उपभोगमा सहज हुने बैंकको विश्वास छ।

सबै क्षेत्रमा बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउन्टर १४ वटा राजश्व संकलन काउन्टर, ५७ शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.