सेयर धितोमा ऋणको सीमा ७० प्रतिशत पुर्याउन राष्ट्र बैंकसँग माग


नेपाल इन्भेष्टर फोरमले सेयर धितोमा दिइँदै आएको कर्जाको सीमा बढाउन माग गरेको छ। मंगलबार गभर्नर डा. चिरञ्जिवि नेपालसँग भेटवार्ता गरी उसले हाल दिइँदै आएको ५० लाई ७० प्रतिशत पुर्याउन माग गरेको हो।

हाल लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा सेयर धितो राख्दा वर्तमान कुल मूल्य वा पछिल्लो १८० दिनको औषत मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत मात्रै ऋण पाउँदै आएका छन्।

यसलाई बढाएर ७० प्रतिशत पुर्याउनुपर्ने लगानीकर्ताको माग छ। पुँजी बजारलाई राष्ट्र बैंकले जोखिमपूर्ण भन्दै व्याख्या गरेको प्रति लगानीकर्ताले आपत्ति जनाएका छन्। यस सम्वन्धमा गभर्नरले सकारात्मक प्रतिक्रिया दिएको एक विज्ञप्तिमार्फत इन्भेष्टर फोरमले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.