हरियो अंकमा अड्यो नेप्से, कारोबार बढ्यो


मंगलबार नेप्से परिसूचक हरियो अंकमा अडेको छ। २ दशमलव ४ अंकले धनात्मक बन्दै १४३७ मा नेप्से कायम भएको छ।

दिउँसो सवा दुई बजे १४५३ मा परिसूचक पुग्दा बेच्नेहरु सक्रिय भए। जसले गर्दा त्यसपछि बजार बन्द हुँदासम्म सामान्य ओरालो लाग्यो, यद्यपी रातो हुन पाएन।

कारोबार भने अघिल्लो दिनमा भन्दा बढेको छ। अघिल्लो दिन ४९ करोडको कारोबार भएकोमा आज ६३ करोड पुगेको छ। १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता किनबेच भयो। बजारको पुँजीकरण १६ खर्ब ७२ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ १० तथा अन्य ४ अंकले बढेका छन्। व्यापार १ अंकमुनि बढ्दा अरु सबै उपसूचक राता भए। होटल ५१, विकास बैंक ४, जलविद्युत २८, फाइनान्स २, बिमा ६१, उत्पादन ५ र माइक्रोफाइनान्स ८ अंकले घटेका छन्।

यस दिन स्टान्डर्ड चार्टड कारोबारका आधारमा अग्रस्थानमा रह्यो। ६ करोड ५८ लाखको कारोबार भयो। कमपनीको मूल्य पनि ४७ रुपैयाँले बढेर प्रतिकित्ता १०८० कायम भएको छ।

प्रभु बैंकको ३ करोड ७८ लाखको कारोबार भयो। मिसन डेभलपमेन्ट र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशत कमाए। एभरेष्ट बैंकको कन्भर्टिबल सेयरका लगानीकर्ताले सबैभन्दा बढी ६ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.