कृषि विकास बैंकले २० प्रतिशत बोनस दिने


कृषि विकास बैंकले सेयर लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।

संचालक समितिको ६७३ औं बैठकले सो बोनसका लागि आवश्यक कर रकम समेत प्रदान गर्ने निर्णय गरेको हो। बजारमा कम्पनीको मूल्य प्रतिकित्ता ४२० रुपैयाँको हाराहारीमा छ।

बैंकले सो बोनस दिएपछि सर्वसाधारणमा जारी गरेको सेयर पुँजी ८ अर्ब पुग्नेछ। बैंकमा सरकारको अग्राधिकार सेयर पनि छ।

सो पुँजीमा समेत वार्षिक ६ प्रतिशतको दरमा हुने लाभांश दिने निर्णय बैंकले गरेको छ।  कृषि विकास बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.