देवः विकास बैंकको इटहरी तथा पथरीमा शाखा कार्यालय


देवः विकास बैंकले इटहरी उपमहानगरपालिकाको धरानमा शाखा कार्यालय संचालनमा ल्याएको छ। सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उदघाटन गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नका लागि शाखा कार्यालय संचालनमा ल्याइएको बताए।

त्यस्तै पथरी शनिश्चरे नगरपालिकाको पथरीबजारमा पनि शाखा कार्यालय संचालनमा आएको छ। सो शाखा कार्यालयको पनि डेपुटी गभर्नर श्रेष्ठले उदघाटन गरे। सो अवसरमा श्रेष्ठले उद्यमशीलताको विकासका लागि बैंकको शाखाले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

सो अवसरमा बैंकले हालसम्म १२ अर्ब ९८ करोड निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड कर्जा प्रवाह गरिएको जानकारी गराएको छ। यसै आवमा वीरगञ्ज, वुटवल, नेपालगञ्ज र कोहलपुरमा थप शाखाहरु संचालनमा ल्याइने बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.