इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर ट्रमा सेन्टरमा, २४ सै घण्टा खुल्ला रहने


नेपाल इन्भेष्टमेन्ट बैंकले महाँकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको ट्रमा सेन्टरमा यसले आर्थिक कारोबारलाई सहज हुने बैंकले विश्वास लिएको छ। काउन्टरले ट्रमा सेन्टरमा आउने विरामीको उपचारका क्रममा टिकट काट्नेदेखि बिल भुक्तानीमा पनि सहयोग गर्ने छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको जनाएको छ।

साथै बैंकले निकट भविस्यमै ट्रमा सेन्टरको परिसरमै आफ्नो ९८औं एटिएम संचालनमा ल्याउने जनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्वरमा रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन्।

आठ लाखभन्दा बढी ग्राहक रहेको बताउँदै बैंकले हाल ६३ शाखा तथा ९७ वटा एटिएम पुगेको जनाएको छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको इन्भेष्टमेन्टले जनाएको छ।

चुक्ता पुँजी १० अर्ब ६३ करोड रहेको बैंकको हाल निक्षेप १३१ अर्ब तथा कर्जा लगानी १०७ अर्ब पुगेको छ। बैंकले पाँचपटकसम्म ‘बैंक अफ दि इयर’ को उपाधि पाइसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.