नविल बैंकको सिइओमा अनिलकेशरी शाह


नविल बैंकको सिइओमा अनिलकेशरी शाह नियूक्त भएका छन्। बैंकको संचालक समितिको बैठकले शाहलाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।

शाहले आगामी फागुन ५ गतेदेखि कार्यभार सम्हाल्ने छन्। शाह यसअघि सेन्चुरी कमर्सियल बैंकमा जाने चर्चा चलेको थियो।

भनेअनुसारको सेवा सुविधा पाउने अवस्था सेन्चुरीको वित्तीय विवरणले नदिएपछि नियुक्तीको निर्णय भइसकेपनि अन्यौलता रहँदै आएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.