मनमैजुमा प्रभु बैंकको शाखा


तारकेश्वर नगरपालिकाको मनमैजुमा प्रभु बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहकाबीच शाखा कार्यालयको समुद्घाटन गरे। साविकको ग्राण्ड बैंकसँग भएको मर्जपछि एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

बैंकले पहिलो त्रैमासिक अवधिमा २५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन उसले ४० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.