प्राइम कमर्सियल बैंकको शाखाको गोरखाको घैरुङमा


प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउँपालिका, घैरुङमा नयाँ शाखा संचालनमा ल्याएको छ।

योसँगै बैकको शाखा कार्यालय संख्या ५२ पुगेको छ। स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालयको उदघाटन गरे।

बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख खुद नाफा कमाएको छ। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६१ पैसा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.