नेपालमा अब निशान गाडी शारदा समूहले बेच्ने


 

नेपालमा अब जापनिज ब्राण्ड निशान गाडी सारदा समूहले बेच्ने भएको छ। निशानको गाडीको नेपालका आधिकारिक बिक्रेतामा सारदा समूहको पायोनियर मोटोकर्प चयन भएको छ।

नेपालमा २३ वर्षदेखि निशानको गाडी बेच्दै आएको एमभी दुगड समूहलाई  ठूलो धक्का लागेको छ। पायोनियर मोटोकर्पले अहिले डाट्सन गाडी बेचिरहेको छ।

साउनको पहिलो हप्तादेखि सारदा समूले निशानको गाडी बेच्ने स्रोतले बताएको छ। त्यसका लागि आवश्यक तयारी गर्न सारदा समूहका निर्देशक सन्दीप सारदा अहिले नयाँदिल्लीमा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.