काठमाडौंदेखि धुलिखेलसम्म साझा बस चल्ने


धुलिखेल नगरपालिकाले काठमाडौंबाट धुलिखेलसम्म साझा बस चलाउने प्रस्ताव गरेको छ। आइतबारदेखि सुरु नगरसभामा साझासँगको सहकार्यमा पहिलो चरणमा काठमाडौं–धुलिखेलमा साझाका बस चलाउने प्रस्ताव गरिएको मेयर अशोक ब्यान्जुले जानकारी दिए।  भरपर्दो र विश्वाससिलो सार्वजनिक यातायातको ग्यारेन्टी गर्न साझासँग आफूहरु सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।

नगरपालिका यसको लागि साझामा सेयर हाल्ने वा के गर्नुपर्छ त्यसको लागि तयार भएको र सभाबाट पारित भएलगत्तै छलफल अगाडि बढाउने मेयर ब्यान्जुले जानकारी दिए।

आवस्यक पर्ने गाडी तथा साझासँगको छलफलपछि कति रकम लगानीगर्ने भन्नेबारे निक्र्याैल हुने नगरका मेयर अशोक ब्यन्जुले जानकारी दिए।

पहिलो चरणको सफलतापछि नगरभित्र पनि साझा चलाउने विषयमा छलफल अगाडि बढाउने उनको प्रतिबद्धता छ।

साझाले यसअघि नै काठमाडौं महानगरपालिकासँगको सहकार्यमा बस सेवा सञ्चालन गरिरहेको छ। साझाले स्थानीय तहसँगको सहकार्यमा यातायात सेवा संचलान गर्न सदैव तयार रहेको बताउँदै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.