बजारमा नयाँ लुब्रिकेन्ट्स


नेपाली बजारमा नयाँ लुब्रिकेन्ट्स भित्रिएको छ । फुजिमा आयल कम्पनी प्रा.लि.ले नयाँ उत्पादन ‘रोयल लुब्रिकेन्टस्’ शुक्रबारदेखि बजारमा ल्याएको हो ।

बिराटनगरस्थित होटल रत्नामा आयोजित कार्यक्रममा फुजिमा आयल कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाले नयाँ उत्पादन सार्वजनिक गरे । यो लुब्रिकेन्ट्सको ब्राण्ड एम्बेसडर कलाकार राजेश हमाल हुन्।

नेपाली श्रम र लगानीमा गुणस्तरयुक्त लुब्रिकेन्टस् बजारमा ल्याउने उद्देश्यले नविन उत्पादन ल्याएको कोइरालाले बताए। ‘स्वदेशी उत्पादन प्रयोग गर्दै आत्मनिर्भर हुने हाम्रो उद्देश्यलाई यो नयाँ उत्पादनले समेट्छ । नेपालीपन, स्वदेशी उत्पादन, नेपाली श्रम र लगानीमा यो लुब्रिकेन्ट्स बजारमा आएको हो ’– कोइरालाले भने।

फुजिमा आयलले यसअघि ‘कन्ट्रोल’ र दुबईस्थित युनिभर्सल लुब्रिकेन्टस्को सहयोगमा ‘म्याजिक प्लस लुब्रिकेन्टस्’ लाई पनि नेपालमा स्थापित गराइसकेको छ । २५ वर्षदेखि यही क्षेत्रमा क्रियाशिल र ख्यातिप्राप्त फुजिमाको तेस्रो खुड्किलोका रुपमा पछिल्लो उत्पादन ‘रोयल लुब्रिकेन्टस्’ लाई बजारमा ल्याइएको प्रवन्ध निर्देशक कोइरालाले जानकारी दिए।

उनले भने ‘नेपाल कृषि प्रधान देश हो र यहाँका बहुसंख्यक नेपाली कृषिमा निर्भर छन् । पछिल्लो समय प्रविधिको विकासले कृषिमा आधुनिकीकरण भएको छ, ट्राक्टरमार्फत् खेत जोत्ने क्रम औधी बढेको छ ।

खासगरेर खेतमा प्रयोग हुने टेक्टरलाई आधार मान्दै हामीले ‘रोयल लुब्रिकेन्टस्’ बजारमा ल्याएका हौ ।’ कम्पनीले ‘रोयल लुब्रिकेन्ट्स इञ्जिनको अंगरक्षक’ लाई आप्mनो उत्पादनको नारा बनाएको छ ।
यो लुब्रिकेन्ट्स अन्तर्राष्ट्रिय गुणस्तरयुक्त, स्वदेशी र विदेशी अन्य ब्राण्डभन्दा सस्तो, सुलभ र सरल रहेको फुजिमा आयलको दाबी छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.