बजाजको शोरुम टाँडी र निजगढमा


हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाजको शोरुम चितवनको टाँडी र बाराको निजगढमा संचालनमा ल्याएको छ।

पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक सो कम्पनीले आफ्नो सेवालाई विस्तार गर्दै निशास मोटर्सको नाममा टाँडीमा र नित्यम ट्रेडर्स को नामबाट निजगढमा शोरुम संचालन गरेको हो।

नयाँ शोरुमबाट ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यसले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीका डेपुटी महाप्रबन्धक योगेन गुरुङले बताए। गुरुङले बढ्दो मागका कारण टाँडी र निजगढमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको दावी गरे।

देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको उनको भनाई छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.