सुजुकीले ल्यायो ११३ सिसीको नयाँ स्कुटर


सुजुकी भारतले नयाँ स्कुटर बजारमा ल्याएको छ। कम्पनीले नयाँ ‘सुजुकी लेट्स’ सन् २०१४ को अटो एक्स्पोमा सार्वजनिक गरेको थियो।

भारतीय बजारमा लन्च गरिएको ‘लेट्स’ तीन रङमा उपलब्ध छ। यसको मूल्य दिल्ली शोरूममा ४८ हजार १ सय ९३ भारतीय रूपैयाँ तोकिएको छ।

‘लेट्स’ मा दुई रङको सम्मिश्रण छ। रोयल ब्लु/म्याट ब्ल्याक (निलो-कालो), अरेन्ज/म्याट ब्ल्याक (सुन्तले-कालो) र ग्लास स्पार्कल ब्ल्याक (कालो) रङमा उपलब्ध ‘लेट्स’ मेकानिकल परिवर्तन भने गरिएको छैन। नयाँ ‘लेट्स’ मा ग्राफिक र कालो रङको एलो चक्का छन्।

सुजुकीको इको पर्फर्मेन्स प्रविधि दिइएको यसमा ११३ सिसी, ४ स्ट्रोक, १ सिलीण्डर, एयर कूल्ड, एसओएचसी इन्जिन छ। यसले अधिक ८.२ शक्ति र ८.८ एनएम टर्क उत्सर्जन गर्छ। यसमा ५.२ लिटर क्षमताको इन्धन ट्यांकी छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.